बर्खास्तमा पर्नुको जवाफ नपाए अडियो-भिडियो सार्वजनिक गर्ने खड्काको चेतावनी
पाेखरा | मंसिर १, २०७९
कास्की: गण्डकी प्रदेशको भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात व्यवस्थामन्त्रीबाट हटाइएका कुमार खड्काले मुख्यमन्त्री कृष्णचन्द्र पोखरेल नेपालीले आफुलाई बर्खास्त गरिनुको कारण स्पष्ट नपारे प्रदेश सरकारको आन्तरिक अडियो भिडियो सार्वजनिक गर्ने चेतावनी दिएका छन् ।
पोखरामा आज (बिहिबार) पत्रकार सम्मेलनको आयोजना गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । ‘निर्वाचन सकिएपछि सनसनी समाचार अडियो भिडियो प्रमाणसहित आउने स्थिति बन्छ, उनले भने, ‘दुइवटा केसमा यदि मुख्यमन्त्री जीले चित्त बुझ्दो उत्तर दिनुभएन भने त्याे कुरा मेरो मृत्युभन्दा अगाडि बाहिर ल्याउछु ।’
खड्कालाई कास्की निर्वाचन क्षेत्र नम्बर २ (ख) का गठबन्धनका उम्मेदवार विन्दु थापालाई सहयोग नगरेको भन्दै गत मंगलबार मन्त्रीपदबाट बर्खास्त गरिएको थियो ।
राजिनामा माग नगरि पदमुक्त गरिनुको कारण मुख्यमन्त्रीले स्पष्ट पार्नुपर्ने खड्काको माग छ । ‘मलाई राजिनामा नमागिकन जसरी निकालियो । मलाई निकाल्नको लागि उहाँको आवश्यकता के हो ? दबाब के हो ? त्यसको लक्ष्य के हो ? भन्ने कुराको जवाफ त चाहियो नि, उनले भने, ‘कमसेकम मेरो अपमानजनक बहिर्गमनमा उहाँको नियत खराब होइन भन्ने कुरा प्रमाणित गर्ने भएपछि सँगै सुतेको साथीले लात्ती लगाको कुरालाई बाहिर ल्याउन नैतिक रुपमा पनि ठिक हुदैन ।’
खड्काकाे उक्त अभिव्यक्तिपछि यसमा तपाइको स्वार्थ जोडिएको देखियो नि ? भन्ने पत्रकार प्रश्नमा खड्काले भने, ‘होइन यसमा मेरो स्वार्थ जोडिएको छैन । बाहिर ल्याउछु भनेको छु समयको कुरा हो । मैले ल्याउदै ल्याउदिन त भनेको छैन नि ।’
उनले यसअघि मुख्यमन्त्री लगायतका मन्त्रीहरुसँगको मिटिङमा सरकारबाट बाहिरिएपछि सवारी साधनसहितको सेवा सुविधा पाउनुपर्नै व्यवस्था ल्याउने विषयलाई संकेत गरे । खड्काले उक्त प्रस्तावलाई अस्वीकार गर्नु पनि आफु बर्खास्तमा पर्नुको एक कारण हुन सक्ने भन्दै आशंका व्यक्त गरेका थिए ।
आफु पदमा रहदा आचारसंहिताले कुनैपनि उम्मेदवारको पक्षमा मत माग्न नहुने भएकै कारण कसैको पक्ष विपक्षमा नउभिएको स्पष्ट पारे । यद्यपी अब भने उनी सक्रिय भएर गठबन्धनका उम्मेदवारलाई सहयोग गर्ने धारणा राखेका थिए ।
काठमाडौं: प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...
चितवन: जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो । उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...
काठमाडौं: नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

